About
चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHPCL) को सहायक कम्पनी चिलिमे सेती हाइड्रोपावर कम्पनी लिमिटेड (CSHCL) सन् 18 अगस्त 2022 मा सार्वजनिक कम्पनीको रूपमा विधिवत दर्ता भएको थियो। यस कम्पनीले बझाङ जिल्लामा पहिचान भएको ८७ मेगावाट क्षमताको सेतिनदी-३ जलविद्युत आयोजना विकास तथा निर्माणका लागि कार्य प्रारम्भ गरिएको छ ।
शेयर संरचना
(अ) संस्थापक समूह ५१ %
(१) चिलिमे जलविद्युत कम्पनी लिमिटेड ४१%
(२) नेपाल विद्युत प्राधिकरण १०%
(आ) सर्वसाधारण समूह ४९%
(१) जलविद्युत आयोजना प्रभावित र सो आयोजना रहेको जिल्लाका वासिन्दा १०%
(२) सर्वसाधारण जनता (सम्बन्धित विद्युत आयोजनाको प्रसारण लाइनबाट प्रत्यक्ष प्रभावित स्थानिय तहका बासिन्दाका लागि बढिमा ३ प्रतिशत समेत) ३९%