Notices



जुन 05, 2025

शिलबन्दी दरभाउपत्र आव्हानको सूचना ।

शिलबन्दी दरभाउपत्र आव्हानको सूचना । दरभाउपत्र नं. BUILDING/SEQ/002 (जनशक्ति आपूर्ति सम्बन्धी) (प्रथम पटक सूचना प्रकाशित मिति: २०८२/०२/२२) चिलिमे जलविद्युत कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, धुम्बाराही, काठमाडौंमा विभिन्‍न कार्य गर्नका लागि आवश्यकता अनुसार प्लम्बर (एक जना), ईलेक्ट्रिसियन (एक जना), स्वीपर/माली (तीन जना), कुक (एक जना), रिसेप्सनिष्ट (एक जना), सेक्यूरिटि गार्ड (आठ जना) उपलब्ध गराउने कार्य ठेक्कामा गराउनु पर्ने भएकोले त्यस्ता कामदार आपूर्ति गर्नका लागि नेपाल सरकारबाट इजाजत प्राप्त सेवा प्रदायक संस्था/कम्पनी/फर्मबाट निम्न शर्तहरुको अधिनमा रही रीतपूर्वक शिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ।

जुलै 31, 2024

वीमाको लागि शिलवन्दी प्रस्ताव माग गरिएको बारे । दभाउ-पत्र फाराम-२०८१ को लागि निम्न लिंकबाट प्राप्त गर्नु होला । https://drive.google.com/file/d/13TMos1qPlE9bigoAfDHwWb2BKUblGNe7/view?usp=sharing

वीमाको लागि शिलवन्दी प्रस्ताव माग गरिएको बारे । (प्रथम पटक प्रकाशित मिति २०८०/०४/१६ गते) दभाउ-पत्र फाराम-२०८१ को लागि निम्न लिंकबाट प्राप्त गर्नु होला । https://drive.google.com/file/d/13TMos1qPlE9bigoAfDHwWb2BKUblGNe7/view?usp=sharing तपशीलः १) यस कम्पनी अन्तर्गत सञ्चालित चिलिमे जलविद्युत केन्द्र (Chilime Hydropower Plant) का विभिन्न सम्पत्तिहरूको वीमा । २) कम्पनी तथा अन्तर्गतको कार्यालयमा सञ्चालनमा रहेका सवारी साधनहरूको वीमा । ३) कम्पनी तथा अन्तर्गतको कार्यालयमा कार्यरत कर्मचारीहरूको सामूहिक दुर्घटना तथा पारिवारीक औषधि उपचार वीमा ।

फेब्रुअरी 03, 2023

सेती नदी-३ अर्धजलाशययुक्त जलिवद्युत आयोजनाका लागि जग्गा अिधग्रहण गर्ने सम्बन्धी सूचना !

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीका रूपमा स्थपित चिलिमे जलिवद्युत कम्पपनी लि. को मुख्य प्रवद्धर्कत्ववमा चिलिमे-सेती हाइड्रोपावर कम्पनी मार्फत् निमार्ण गर्न प्रस्ताव गिरएको सेतीनदी-३ जलिवद्युत आयोजनाका लागि बझाङ जिल्ला जयपृथ्वी नगरपालिकाको वडा नं. ४, ५ र ९ (साविक हेमन्तवाडा गा.वि.स. वडा नं. १, लुयाँटा गा.वि.स. वडा नं. १, २, ३, ४, ७, ८ र ९, रिठापाटा गा.वि.स. वडा नं. ४ र ६) को सूचनामा उल्लेखित कित्ताका जग्गाहरू चिलिमे-सेती हाइड्रोपावर कम्पनीले खर्च ब्यहोर्ने गरी आयोजनाको पहुँच मार्ग, बाँध, बालुवा थिग्राउने पोखरी, नहर, सुरूङ मार्ग, विद्युत गृह तथा कमर्चारी आवास क्षेत्र लगायतका विभन्न संरचनाहरू निमार्णका लागि स्थायी रूपले जग्गा प्राप्त गर्न नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७९/०५/१३ मा निणर्य भएको हुँदा आयोजनाका लागि आवश्यक पर्ने २५२.७९ रोपनी जग्गा प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ अनुसार प्रारम्भिक कारबाही चलाउन नेपाल सरकारको निर्णयानुसार जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ र १० को प्रयोजनार्थ सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र सरोकारवाला व्यक्तिहरूले उक्त जग्गामा घर टहराहरू भए सो सहितको मुआव्जा दाबी गर्न आ-आफ्नो हकदैया वा भोगचलन सम्बन्धी निस्सा प्रमाण सिहत रीतपूवर्कको निवेदन यस कायार्लयमा दिनुहुन सूचित गिरएको छ । तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेको खण्डमा कानून बमोजिम हुने समेत जानकारी गराइन्छ । अधिग्रहण गनुपर्ने जग्गाहरूको विववरणः बझाङ जिल्ला जयपृथ्वी नगरपालिकाको वडा नं. ४, ५ र ९ (साविक हेमन्तवाडा गा.वि.स. वडा नं. १ लुयँटा गा.वि.स. वडा नं. १, २, ३, ४, ७, ८ र ९, रिठापाटा गा.वि.स. वडा नं. ४ र ६) को तपिसलमा उल्लेखित जग्गाहरूः

डिसम्वर 07, 2022

लाभांश तथा वार्षिक साधारण सभा सम्वन्धी सञ्चालक समितिको निर्णयको जानकारी सम्बन्धमा ।

यस कम्पनीको सञ्चालक समितिको मिति २०७९/०८/२० गते (तद् नुसार डिसेम्वर ६, २०२२) मंगलवार वेलुकी ४:१५ बजे सम्पन्न ४१० औं बैठकबाट हालको चुक्ता पूँजी रू.६,७५,१७,९४,६७५/२३ को हकमा तपशिल अनुसार नगद लाभांश तथा वोनस शेयर वितरण गर्ने स्वीकृतिको लागि आगामी २६ औं वार्षिक साधारण सभामा सिफारिश गर्ने निर्णय भएको ब्यहोरा अनुरोध छ । नगद लाभांश ७.५ सात दशमलव पाँच ५०,६३,८४,६००/६४ वोनस शेयर ७.५ सात दशमलव पाँच ५०,६३,८४,६००/६४ कूल १५ पन्ध्र १,०१,२७,६९,२०१/२८ वार्षिक साधारण सभाको मितिः २०७९/०९/२२ गते शुक्रवार (तदनुसार जनवरी ६, २०२३) शेयर दाखिला खारेज मिति (Book Close Date): मिति २०७९/०९/०३ देखि २०७९/०९/०३ सम्म

डिसम्वर 14, 2021

२५औं साधारण सभाको सूचना ।

पच्चीसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना । यस कम्पनीको मिति २०७८/०८/२४ मा बसेको सञ्चालक समितिको ३९२औं बैठकको निर्णय अनुसार यस कम्पनीको २५ औँ वार्षिक साधारण सभा निम्नलिखित मिति, समय तथा स्थानमा बसी निम्न विषयहरु उपर छलफल तथा निर्णय गरिने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि अनुरोध गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) नेपालमा पनि महामारीको रुपमा फैलिइरहेको र हाल नयाँ भेरिएण्ट ओमिक्रोनको जोखिम उच्चरुपमा बढिरहेको परिप्रेक्षमा नेपाल सरकारले जारी गरेका सुरक्षा मापदण्डहरुको समेत पूर्ण पालना गरी सभा सञ्चालन गर्नुपर्ने अवस्था भएकोले यस्तो विशेष परिस्थितिलाई मध्यनजर गरी साधारण सभामा उपस्थित हुन तथा भाग लिनको लागि बिद्युतीय माध्यम (भर्चुअल-Google Meet) बाट समेत सभामा भाग लिन सकिने व्यवस्था मिलाईएको हुँदा बिद्युतीय माध्यमबाट उपस्थिित भई भाग लिई दिनु हुन पनि अनुरोध गरिएको छ । सभा हुने मिति, समय र स्थानः मिति : २०७८ साल पौष २३ गते शुक्रवार (तद्अनुसार ई.सं. जनवरी ७, २०२२) समय : विहान ११स्०० बजे । स्थान : साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, कपनमार्ग, महाराजगञ्ज, काठमाडौंबाट बिद्युतीय मध्यम (भर्चुअल -Google Meet) बाट सञ्चालन हुनेछ । (बिद्युतीय माध्यमबाट सभामा भागलिन शेयरधनीहरुलाई Meeting Id र Password उपलब्ध गराइनेछ ।)

सेप्तेम्बर 01, 2021

वीमाको लागि शिलवन्दी प्रस्ताव माग गरिएको बारे ।

प्रथम पटक नागरिक पत्रिकामा प्रकाशित मिति २०७८/०४/०६ गते यस कम्पनीले तपशील अनुसार वीमा गर्नु पर्ने भएको हुँदा र्इच्छुक वीमा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन (अर्थात मिति २०७८/०४/२० गते) भित्र कार्यालय समयमा शिलवन्दी खाममा प्रस्ताव पेश गर्नुहुन यो सूचना जारी गरिएको छ । तपशीलः १) यस कम्पनी अन्तर्गत सञ्चालित चिलिमे जलविद्युत केन्द्र (Chilime Hydropower Plant) का विभिन्न सम्पत्तिहरूको वीमा । २) कम्पनी तथा अन्तर्गतको कार्यालयमा सञ्चालनमा रहेका सवारी साधनहरूको वीमा । ३) कम्पनी तथा अन्तर्गतको कार्यालयमा कार्यरत कर्मचारीहरूको सामूहिक दुर्घटना तथा पारिवारीक औषधि उपचार वीमा ।



Powered by Matrix Softech Pvt. Ltd | All Rights Reserved.